धनगढी । बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।
खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ ।
क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गते बसेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।
सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए ।
बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा, झोता, सेती, शान्ति र थलारा गरी ६ वटा क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
स्ववियु निर्देशिकाको आधादर्जन बुँदा परिमार्जन तयारी
स्ववियु निर्वाचन तयारीमा जुट्न लोविसंघद्वारा परिपत्र जारी
त्रिविमा डीन लगायतको नियुक्तिमा भइरहेको ढिलाइप्रति स्ववियुले जनायो आपत्ति