काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । शुक्रबारदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा सुरु भएको बैठकमा आज पनि नेताहरूले आ आफ्नो धारणा राख्नेछन् ।
हिजोको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेको एकीकृत समाजवादीले जनाएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।
उक्त एजेण्डाहरूमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले शुक्रबार आ–आफ्ना विचार राखेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग