काठमाडौ । नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ। बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकका लागि ९ वटा कार्यसूची तय गरिएको सो पार्टीले जनाएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो। यस्तै अध्यक्ष माधव नेपालको राजनीतिक प्रस्ताव पनि उक्त बैठकले पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
एकीकृत समाजवादीद्वारा बैठक आह्वान
एकीकृत समाजवादीद्वारा बैठक आह्वान