शाङ्घाई । शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।
शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ ।
याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।
आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।
आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ बैशाख २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी