मालिकामा ‘होम डेलिभरी’ शून्य

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, १२ : १२
मालिकामा ‘होम डेलिभरी’ शून्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको संख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै सुत्केरीपछि महिलामा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको हो ।

जोखिमयुक्त प्रसूतिका कारण हुने सक्ने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले बताए ।

“चालु आर्थिक वर्ष २०८१/८२ सुहरू भएयता मालिका गाउँपालिकामा सुत्केरी भएका सबै ८० जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन्,” उनले भने, “चालु आर्थिक वर्षको बाँकी तीन महिना र आगामी आर्थिक वर्षमा पनि होम डेलिभरी शून्य बनाउन सचेतनामूलक कार्यक्रममा जोड दिएका छौँ।”

प्रतिक्रिया दिनुहोस