काठमाडौं । राजसस्था पूर्नस्थापना गरी फेरि सत्ताको चास्नी चाख्न लालायित भएका पूर्व राजा ज्ञानेन्द्र शाहले आन्दोलनको कमाण्डर फेर्ने तयारी थालेका छन् ।
आफैले निवासमा बोलाएर भेटेपछि आन्देलनको नेतृत्व नवराज सुवेदी र कमाण्ड दुर्गा प्रसाईंको हातमा सम्पेका पूर्व राजा ज्ञानेन्द्रले अहिले आन्दोलनको कमाण्डर फेर्न खोजेका छन् ।
सुवेदी र प्रसाईंलाई राजा फर्काउने अभियानको नेतृत्व र कमाण्ड सुम्पेका ज्ञानेन्द्रले त्यसपछि च्याठिएका र रिसाएका राप्रपा नेताहरुलाई बोलाएर लन्च मिटिङ गरेका छन् । राप्रपाले आइतबार (आजका लागि) काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने र निषेधित क्षेत्र तोड्ने औपचारिक निर्णय गरेपछि पूर्व राजाले पूर्व पञ्चहरुको पार्टी राप्रपाका नेताहरुलाई निवासमै बोलाएर लञ्च मिटिङ गरेका हुन् ।
त्यसक्रममा उनले आफैंले नेता र कमाण्डर बनाएका सुवेदी र प्रसाईंका बारेमा झुट बोलेका छन् । उनले गत चैत १५ गते काठमाडौंको हिंस्रक प्रर्दशनको अघिल्लो दिन निवासमै बोलाएर सुवेदी र प्रसाईंलाई बोलाएर भेटेको भएपनि त्यसदिन आफुले कसैलाई नभेटेको भन्दै राप्रपा नेताहरुलाई ढाँटेका छन् ।
राप्रपाका केही नेताहरु प्रसाईंलाई कमाण्डर र सुवेदीलाई आन्दोलनको नेता बनाएपछि असन्तुष्ट छन् । शनिबार दिउँसो लञ्च मिटिङमा राप्रपाका नेताहरु पशुपति शम्शेर जवरा, डा प्रकाशचन्द्र लोहनी, बुद्दिमान तामाङ, धुव्रबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।
विक्रम पाण्डे र डा लोहनीबाहेक अन्य नेताहरु नवराज सुवेदीलाई आन्दोलनको संयोजक र प्रसाईंलाई कमाण्डर बनाएकोमा असन्तुष्ट थिए । पशुपति भने यस विषयमा मौन बसिरहेका छन् । यही क्रममा पूर्व राजासँग असन्तुष्ट पक्षका नेताहरुले सुवेदी र प्रसाईंलाई किन नेता र कमाण्डर बनाएको भनी पूर्वराजासँग जिज्ञासा राखेको भेटमा सहभागी राप्रपाका एक नेताले सफल खबरसँग बताए ।
‘हामीले प्रश्न सोध्यौं, तर पूर्व राजाले सुवेदी र प्रसाईंलाई आफुले नेता र कमाण्डर नबनाएको प्रष्टिकरण दिनुभयो, बरु भेट नै आफ्नो नभएको बताउनुभयो,’ भेटमा सहभागी राप्रपाका एक नेताले ज्ञानेन्द्र शाहको भनाई उदधृत गदैं सफलखवरसँग भने, ‘मैले त भेटेकै छैन । उहाँहरु निर्माल निवास आउनु हुँदो रहेछ, मेसो सचिवलाई भेटेर जानु हुँदो रहेछ अनि बाहिर राजा भेटेर फर्केको भन्नु हुँदो रहेछ । मेरो भेट नै भएको छैन ।’
राजाको त्यस्तो जवाफ पछि जुम्लाका ज्ञानेन्द्र शाहीले त्यसो भए यो राजा फर्काउने अभियानको नेता र कमाण्डर को ? भनी प्रश्न गरेका थिए । जवाफमा राजाले तपाईहरु नै एकताबद्द भएर गर्नुस् भनी बताएको पनि ती नेताले जानकारी दिए ।
राजालाई उठ्दै गरेको राजावादी आन्दोलन चैत १५ को तिनकुने घटनाले धक्का लागेको महसुस भएको पनि भेटमा सहभागी ती राप्रपाका नेताले बताए । ज्ञानेन्द्र शाह अहिले मौकाको खोजीमा छन् । उनको ब्यापारमा दिनानुदिन घाटा लाग्न थालेपछि उनी अहिले फेरि राजसस्था फर्काएर आफनो ब्यापार उकास्ने योजनामा लागेका छन् । त्यसमा हिन्दुबादी वाह्य शक्तिहरुले पनि साथ दिनसक्ने बुझाईमा उनी छन् ।
तर राजावादीहरुको अराजक र लुटपाटपूर्ण आन्दोलन पछि जनतामा वितृष्ण हुन थालेपछि आन्दोलन समिक्षा गर्न ज्ञानेन्द्रले राप्रपाका ६ नेतालाई निर्मल निवास बोलाएर लञ्च मिटिङ गरेका हुन् ।
ज्ञानेन्द्र शाह अहिले फेरि सत्तामा फर्किन सकिन्छ की भनी छटपटीमा देखिन थालेका छन् । जसका लागि उनले कहिले प्रसाईं त कहिले सुवेदी लाई अगाडी सारिरहेका थिए । शनिबार राप्रपाका ६ नेतासँगको भेटपछि भने उनी आन्दोलनको कमाण्डर फेर्ने रणनीतिमा देखिएका छन् ।
उनले आन्दोलन शान्तिपूर्ण गर्ने र त्यसको नेतृत्व राप्रपाबाटै मिलेर गराउनुस् भनी नेताहरुसँग प्रस्ताव समेत गरेको भेटमा सहभागी राप्रपाका एक नेताले बताए । ‘शुरुमा उहाँले आन्दोलनको कमाण्डर दुर्गा प्रसाईलाई बनाएकै हो, उहाँले होइन भनेपनि , तर अहिले कमाण्डर फेर्ने सोचमा उहाँ (ज्ञानेन्द्र) देखिनुभएको छ,’ ती नेताले भने, ‘आइतबार राप्रपाले गर्ने भनेको निषेधित क्षेत्र तोड्ने कार्यक्रम पछि त्यससहित समिक्षा गरेर नयाँ रणनीति बनाउने समझदारी गरेर हामी उठेका छौं । ’
दुर्गा प्रसाई भने अहिले प्रहरी हिरासतमा छन् । सुवेदी घरमै नजरवन्दमा राखिएका छन् । चैत १५ मा राजावादीको आन्दोलनमा २ जनाको निधन, केही घरमा क्षति, लुटपाट र आगजानी जस्ता अराजक काम भएका थिए । यसको नैतिक जिम्मेवारी राजाले लिनुपर्ने र जवाफका लागि ज्ञानेन्द्र शाहसम्मलाई संसदीय समितिमै बोलाउनुपर्ने आवाज उठन थालेका बेला ज्ञानेन्द्र शाह आन्दोलनको कमाण्डर फेर्ने रणनीतिमा लागेको देखिएको छ ।
त्यही क्रममा उनले शनिबार राप्रपाका ६ नेतालाई बोलाएर लञ्च मिटिङ राखेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा