छोरा-बुहारी नै लिएर कांग्रेस सभापति देउवा दम्पती आज थाईल्यान्ड जाँदैं

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, ०९ : ०८
छोरा-बुहारी नै लिएर कांग्रेस सभापति देउवा दम्पती आज थाईल्यान्ड जाँदैं

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा स- परिवारसहित पहिलो पटक विदेश जान लागेका छन् । परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा, छोरा जयवीर सिंह देउवा र बुहारी शिवना श्रेष्ठसँगै देउवा थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् ।

गत वर्ष मात्रै देउवाको छोरा जयवीरको विवाह भएको थियो । त्यसपछि बुहारी सहित लिएर देउवा स परिवार विदेश गएको थिएन । तर यसपटक भने देउवाको स परिवार ५ दिनका लागि थाइल्यान्ड जान लागेको हो ।

यो भ्रमणमा शेरवहादुर देउवाको दाँत र आखा तथा पेटको उपचार गराउने बताइएको छ । परराष्ट्रमन्त्री डा आरजु राणाको भने केही सरकारी कार्यक्रम हरु तय भएको छ ।परराष्ट्रमन्त्रीले बैंककमा अप्रिल २१ (सोमबार) देखि २५ सम्म (शुक्रबार) बैंककमा आयोजना हुने एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा भाग लिने गरी कार्यक्रम बनेको छ ।

परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकका अनुसार, नेपालले हाल ग्ल्भ्क्ऋब्ए को अध्यक्षता गरिरहेको छ । मन्त्री आरजु राणा देउवाले ८१ औं सत्रको अध्यक्षता गर्ने गरी कार्यक्रम बनेको छ ।

सत्रको विषयवस्तु एसिया(प्रशान्त क्षेत्रमा दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग हो। मन्त्री देउवाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू पनि समावेश हुनेछन् ।

‘मन्त्री ज्यूको आफनै मन्त्रालय र जिम्मेवारी अनुसारको भ्रमण हो, सभापति ज्यूको भने नियमित चेकअपका कार्यक्रम छन्। त्यही भएर एकैपटक जस्तो पारिएको हो । परिवार पनि त्यही भएर सबै जान लाग्नु भएको हो,’ देउवाको सचिवालयले जनाएको छ ।

थाइल्यान्डमा रहँदा देउवाका केही भित्री राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोत बताउाछ । स परिवार नै बैंककमा रहँदा नयाँ दिल्लीबाट त्यहाँ पुग्ने केही अधिकारीहरुले देउवासँग भेटघाट गर्न सक्ने ठानीएको छ । देउवाको स परिवारको यो भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा पनि हेरिएको छ ।

तर देउवाको सचिवालयले भने मन्त्रीको आफ्नै नियमित काम र सभापति शेरवहादुर देउवाको भने नियमित स्वास्थ्य परिक्षणको काम मात्र भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस