एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना छ । धेरै तटीय क्षेत्रहरूमा वर्षा सुरु भएको छ । तमिलनाडुको महाबलीपुरममा शुक्रबार समुद्रमा उच्च छालहरू देखिएका थिए।
प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार यो आँधी आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ।
‘चक्रवाती आँधी फेङ्गल बंगालको खाडीको दक्षिण-पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा छ,’ आईएमडीले भन्यो, ‘यो आँधी पश्चिम र उत्तर-पश्चिम सर्नेछ। शनिबार, नोभेम्बर ३० मा, यो पुडुचेरी नजिकै कराइकल र महाबलीपुरम बिचको उत्तर तमिलनाडु-पुडुचेरी तटहरू हुँदै जान्छ।’
यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म रहने आईएमडीले बतायो । धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
तमिलनाडु र पुडुचेरीमा प्रशासनले उच्च सतर्कता घोषणा गरेको छ र कुनै पनि प्रकारको परीक्षा वा विशेष कक्षाहरू सञ्चालन नगर्न भनिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ मंसिर २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी
अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे