टीम राम्रो थियो, तर फाइनल खेल्न पाइएन : कप्तान भट्ट

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, १५ : ३०
टीम राम्रो थियो, तर फाइनल खेल्न पाइएन : कप्तान भट्ट

काठमाडौं । नेपाली यू-१९ टोलीका कप्तान नरेन भट्टले टीम राम्रो भए पनि पानी आफ्नो कन्ट्रोलमा नरहेको बताएका छन् । अफगानिस्तानसँगको खेल रद्द भएर विश्वकपमा छनोट हुन असफल भएपछि कप्तान भट्टले तयारी राम्रो भए पनि खेल्न नपाउनु दु:खद भएको बताए ।

‘पानीको बारेमा हामीले सोचेका थिएनौँ । पानी आइदियो । अब के भन्ने त्यसमा,’ उनले भने । टिमका खेलाडीले क्याम्पदेखि राम्रो प्रदर्शन गर्दै आएको भट्टले सुनाए । उनले भने, ‘क्याम्पदेखि नै सबैले राम्रो गरिराखेको थिए । यसअघिका खेलमा राम्रो प्रदर्शन गरिरहेका थियौँ । एकदम टिम राम्रो थियो । तर,फाइनल खेल्न पाइएन ।’

 

प्रतिक्रिया दिनुहोस