काठमाडौँ। कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ ।
आज सिंहदरवारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्ष बाहिर धर्ना दिएका थिए ।
यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्थिति भएर दबाब दिएका थिए ।
उनीहरूले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।
कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ गतेको घटनाबारे सरकारको जवाफ माग, २२ गते गृहमन्त्रीलाई झिकाइयो
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरु आन्तरिक छलफलमा
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना
निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दा कार्यबोझ बढ्छ : दिलेन्द्रप्रसाद बडु