एजेन्सी । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम विभागले दिएको थियो ।
ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिँदा १६ जना माछुवर बेपत्ता भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अहिलेसम्म भारतमा दाना आँधीका कारण ३०० उडान रद्द गरिएको र ५५० भन्दा बढी रेल रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै कोलकोता र भुवनेश्वरका विमानस्थल १५ घण्टाका लागि बन्द गरिएको बताइएको छ ।
सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ । भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।
त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी
अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे