खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री-स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् बि.सं.२०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
राजा पानीको बेलडाँडास्थित पावर हाउस (विद्युत् गृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजा पानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव-स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
करिब रु. एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो ।
राजा पानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवर्द्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
जलविद्युत् आयोजनाले बढायो विकास
१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु
साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित