अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, ११ : ४४
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् ।

उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस