अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, ०८ : १३
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीजन्य हुरीबतासको चपेटामा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको खबर छ । मिसौरीमा मात्रै ११ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।   

मिसौरीका गभर्नरले शनिबार आँधीले बबण्डर गर्ने भन्दै चेतावनी दिएका थिए । मिसौरी र टेनेसीमा अझै पनि चट्याङ र तीब्र गतिको हावा चल्ने पूर्वानुमान गर्दै सतर्क गराइएको छ । 

जर्जियाका गभर्नर ब्रायन केम्पले आपतकाल घोषणा गरेका छन् भने स्थानीयलाई सतर्क एवं चनाखो रहन आग्रह गरेका छन् ।