काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?