एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते त्यहाँको मधुवनी जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
त्यसका लागि नेपाली पक्षसँग समन्वय गर्न शनिबार भारतकै जयनगरमा नेपाल—भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधि सहभागी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
बैठकमा भारतीय प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन दुवै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदानप्रदान गरिएको उनले बताए ।
यस्तै, सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका र भन्सार क्षेत्रमा सवारीसाधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने विषयमा छलफल भएको थियो । त्यसैगरी गैरकानुनी हतियार, लागुपदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदानप्रदान गर्ने, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदानप्रदान गर्नेबारे पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ बैशाख २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई
मोदी र बाइडेनबीच भेटवार्ता
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी