एजेन्सी । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ। यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ ।
दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ।
दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।
दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बिचको तटमा पुग्न सक्छ। जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।
पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिव-स्तरका अधिकारीहरूलाई सुम्पिएकी छन्। यस क्षेत्रमा धेरै नियन्त्रण कक्षहरू खोलिएका छन्।
करिब एक हजार राहत शिविर खोलिएका छन् । यस क्षेत्रका विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ ।
ओडिशाका राजस्व र प्रकोप व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आगामी चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न भनेका छन्। मङ्गलबार पुरीबाट तीन हजारभन्दा बढी पर्यटकलाई सकुशल घर पठाइएको उनले बताए ।
केहीलाई बुधबार बिहान पनि पठाइएको छ । अहिले पुरीका सबै होटल लगभग खाली छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ कार्तिक २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी