मनिला । फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ ।
सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको बताइएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् ।
यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
यो आँधी करिब २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । यसले यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरो समेत गएको छ । यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका बताइएको छ ।
गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ । केही दिनमात्र पनि यहाँ आएको मोलाभ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ कार्तिक २०७७, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी