चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)दान बहादुर मल्लले चितवन छाडेका छन् ।
मल्ललाई प्रहरी प्रधान कार्यालयले पुस ४ गत्ते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । एसपी मल्लको स्थानमा एसपी गंगा पन्तलाई सरूवा गरेको छ ।
हेर्नुहोस्, उनले गरेका स्मरणीय कामहरु :
१. रवि लामिछाने र अन्य दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा उनी सफल देखिए । रवि लामिछानेको रिहाइका लागि हजारौं मानिसहरु सडकमा उत्रिंदा पनि चितवन प्रहरी निकै संमयमित बनेको थियो । जसले गर्दा कुनै अप्रीय घटना हुन पाएन । अन्य जिल्लामा त्यति धेरै संख्यामा भएको प्रदर्शनमा हातहाती हुने गरेका समाचारहरु आउँथे । एसपी मल्लको कमाण्डमा रहेको चितवन प्रहरीबाट कुनै अप्रीय घटना घट्न पाएन ।
उक्त घटना निशेधाज्ञा क्षेत्र घोषण गरी प्रहरीले ठूलो संख्याको भिडलाई नियन्त्रण गर्न सफल भएको थियो ।
२. क्रिकेट रंगशालाको बार भत्काएपछि त्रशित बनेको धुर्मुश सुन्तली फाउण्डेशनलाई पुनः काममा फर्काउने गरी शान्ती सुरक्षा दिन उनी सफल भए । र अहिले रंगशाला निर्माणको काम भइरहेको छ । उनले केही समय अगाडि प्रहरी जवानहरु लगेर श्रमदान पनि गराएका थिए ।
३. क्लिन चितवन भन्ने अभियान चलाएर एसपी मल्लको टिमले सयौं फरार अपराधीहरु नियन्त्रणमा लिएको थियो ।
४. ज्ञानेन्द्र शाही प्रकरणमा समयमै चितवन प्रहरीको सक्रियताका कारण कुनै अप्रिय घटना हुन पाएन । प्रकरणमा मुछिएका केही दोषीलाई समेत उनले पक्राउ गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस
एसपी मोहन कुमार थापा पुरस्कृत
बालिका मृत्यु प्रकरण : गृहमन्त्रीले लिए सिडिओ, एसपी र डिएसपीको संयुक्त ब्रिफिङ