काठमाडौं । आठ जना प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सुरुवाका क्रममा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमीमा ल्याएको छ ।
पुलिस एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ काज सरुवा गरेको छ ।
सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा ल्याइएको छ । सर्लाहीमा विश्वमणि पोखरेललाई पठाइएको छ ।
काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ ।
ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।
स्याङजाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् । प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङजा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?
१५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन