काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गरेको उनको भनाइ छ । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथी बन्दुक उपहार प्रदान गरेको बताए ।
आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
माइतीघरमा आन्दोलनरत डाक्टर र प्रहरीबीच धकेलाधकेल
नेपाल प्रहरीले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
१५ चैतमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध