काठमाडौँ । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू र प्रहरीबिच झडप भएको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो ।
प्रहरीबाट पानीको फोहोर फाल्ने काम भएपछि आन्दोलनरत शिक्षकहरूबाट समेत प्रतिकार भएको शिक्षकहरूको दाबी छ । प्रहरीसँगको झडपपछि आन्दोलनरत शिक्षकहरू आक्रोशित भएका छन् । विगत २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको उनीहरूले आरोप लगाएका छन् ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीबाट लाठी प्रहार हुनुका साथै पानीको फोहोर प्रहार गरेको थियो । प्रहरीबाट लाठी र पानीको फोहोर प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले समेत ढुंगामुढा प्रहार गरेका हुन् ।
प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै शैक्षिक कार्यक्रम ठप्प पार्दै आएका छन् । उनीहरूले ऐन जारी नहुँदासम्म कुनै पनि हालतमा सडक आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते
शिक्षक-सरकार वार्ता सकियो, सहमति के भयो?
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता
चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिए