शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १२ : ३४
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले

काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएका हुन् । 

‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ,’ सांसद गैरेले भने, ‘आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ ।

आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने सांसद गैरेले बताए ।छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस