काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताए ।
उनले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ । अहिले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ । राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ । हाम्रो भविष्य सधैँ यस्तै रहन्छ भन्ने होइन । हामी हाम्रो भविष्य सुधार्न चाहन्छौँ, सक्छौँ । सुधार्नुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ। सभ्य र विकसित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छ ।’
समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि पनि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित