काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यान सरकार कसरी टिकाउने भन्नेमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै बजगाईँले लामो द्वन्द्व सम्हालेर आएका प्रधानमन्त्रीले पटक-पटक अवसर खेर फालेर र फेरि सत्तालाई लम्ब्याउन खोजेको आरोप लगाएका हुन् ।
‘यत्रो द्वन्द्व सम्हालेर आउनुभएको हो । तर अवसर गुमाउँदै आउनुभएको छ । यस्तो बेला दैवी प्रकोपका विषयमा कसरी काम गर्नुहोला ?’, उनले प्रश्न गर्दै भने, ‘उहाँले २८ गतेसम्म कुर्नुपर्ने छ । कतै यो सरकार टिक्छ कि भन्नेमा ध्यान दिएकाले बाढी पहिरोमा केन्द्रित हुन सक्नुभएको छैन ।’
बाढीको सम्भावित जोखिमबारे पहिले नै सचेत हुनुपर्ने सरकारको ध्यान त्यसतर्फ नगएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्यो भन्दै आउनुभयो : सांसद बजगाईं
‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्यौँ’ : सांसद बजगाईँ
निर्मल पुर्जालाई नेपाल आउन नदिन राजेन्द्र बजगाईँको माग