काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बजगाईँले प्रधानमन्त्री प्रचण्ड र आफू गोरखाको रहेको सङ्केत गर्दै बूढीगण्डकीमा प्रधानमन्त्री सहित आफू पनि अन्यायमा परेको बताए । बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा अर्थमन्त्रीको चासो देखिएन भनेर स्थानीयहरूले भनिरहेको पनि उनले सुनाए ।
यस्तै गोरखाको चुम नुब्री गाउँपालिका छेकम्पार निवासी राप्के लामा र कर्मा छेदेन लामालाई चीन सरकारले नियन्त्रणमा लिएको बारे आफूले सरकारलाई जानकारी गराएको र त्यसबारे के भइरहेको छ भन्दै जवाफ माग गरेका छन् ।
यस्तै दृष्टिविहीनहरूले प्रयोग गर्ने चस्मामा कर लगाइएको भन्दै त्यस विषयमा पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्यो भन्दै आउनुभयो : सांसद बजगाईं
प्रधानमन्त्री अझै यो सरकार टिकाउन सकिन्छ कि भनेर लाग्नुभएको छ : सांसद बजगाईँ
निर्मल पुर्जालाई नेपाल आउन नदिन राजेन्द्र बजगाईँको माग