भारतले बन्द गर्‍यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, ११ : ५४
भारतले बन्द गर्‍यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल

श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।

गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था  कडा पारेको छ । यसै अन्तर्गत सुरक्षा व्यवस्थाको समीक्षा गर्न राज्यका ८७ मध्ये ४८ वटा पर्यटकीय स्थल बन्द गरिएको हो ।

गएको मंगलबार आक्रमणकारीहरूले पहलगाममा घुम्न आउने पर्यटकको नाम र धर्म सोध्दै हिन्दु धर्म भएकाहरूको टाउकोमा गोली हानेका थिए । यस घटनामा एक जना नेपाली समेत २६ जनाको मृत्यु भएको थियो । भारतले तीन मध्ये दुई जना आक्रमणकारीलाई पाकिस्तानबाट आएका आतंकवादीको रूपमा पहिचान गरेको छ ।

तर पाकिस्तानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै तटस्थ रूपमा छानबिन सुरु गर्न आग्रह गरेको छ । आक्रमणयता भारत र पाकिस्तानबिच तनाव बढेको छ ।

 भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि खारेज गरेको छ भने पाकिस्तानले पनि भारतीय विमान सेवाप्रदायकका लागिआफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।  

प्रतिक्रिया दिनुहोस