भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ११ : ५४
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता

जेद्दा । भारत र साउदी अरबले रक्षा सहित दुई नयाँ मन्त्रीस्तरीय समितिहरू गठन गरेका छन् । दुवै पक्ष भारतमा दुई रिफाइनरीहरू स्थापना गर्न सहकार्य गर्न सहमत भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी भ्रमणको क्रममा त्यहाँका युवराज मोहम्मद बिन सलमानसँगको भेटमा यी सहमति भएका हुन् । दुवै पक्षले अन्तरिक्ष, एन्टी–डोपिङ शिक्षा, स्वास्थ्य र सञ्चारका क्षेत्रमा चारवटा समझदारीपत्रमा हस्ताक्षर पनि गरे ।

मोदी र सलमानले रणनीतिक साझेदारी परिषद्को सह–अध्यक्षता गरे । यसको उद्देश्य दुई देशहरू बिचको मित्रतालाई अझ सुदृढ पार्नु रहेको छ । द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न २०१९ मा मोदीको साउदी भ्रमणको क्रममा रणनीतिक साझेदारी परिषद्को स्थापना गरिएको थियो ।

एक आधिकारिक विज्ञप्ति अनुसार, परिषद्ले राजनीतिक, रक्षा, सुरक्षा, व्यापार, लगानी, ऊर्जा, प्रविधि, कृषि, संस्कृति र जनता–जनता सम्बन्धलाई समेटेर एसपीसी अन्तर्गत विभिन्न समिति, उपसमिति र कार्य समूहहरूको कामको समीक्षा गरेको छ । 

प्रतिक्रिया दिनुहोस