एजेन्सी । कश्मीरमा आक्रमणपछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ । कश्मीरको पर्यटकीयस्थलमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी सर्वसाधरणलाई मारेको एक दिनपछि भारतले पाकिस्तानलाई लक्षित गर्दै यो कदम उठाएको बीबीसीले जनाएको छ ।
यस अन्तर्गत दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने, ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने, पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिनेलगायत कदम समावेश रहेको समाचारमा उल्लेख छ ।
पाकिस्तानी अधिकारीहरूले आक्रमणमा देशको संलग्नतालाई अस्वीकार गरेको छ । साथै भारतको सो कदमविरुद्ध बिहीबार आफ्नो प्रतिकारात्मक कदम चाल्ने बताएको पाकिस्तानी विदेशमन्त्रीले जानकारी दिएका छन् ।
भारत सरकारले यस घटनाप्रति रोष व्यक्त गर्दै पाकिस्तानलाई परोक्षरूपमा जिम्मेवार ठह¥याएको छ । भारतले लामो समयदेखि पाकिस्तान सरकारलाई यस क्षेत्रमा सशस्त्र समूहहरूलाई सहयोग गर्ने आरोप लगाउँदै आएको छ, जसलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गर्दै आएको छ ।
भारतले सन् १९६० देखि लागु भएको इन्डस वाटर ट्रिटी (सिन्धु नदी सन्धि) निलम्बन गर्ने पनि घोषणा गरेको छ । यस सन्धिले सिन्धु नदी र यसका सहायक नदीहरूमध्ये पूर्वी नदीहरूको नियन्त्रण भारतलाई र पश्चिमी नदीहरू पाकिस्तानलाई दिएको छ । सम्झौताले भारतलाई केही अपवादबाहेक पश्चिमी नदीहरूको पानी पाकिस्तानतर्फ बग्न दिन अनिवार्य गर्छ ।
भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार कश्मीरको आक्रमणमा ‘कश्मीर प्रतिरोध’ नामको समूह गठन गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ बैशाख २०८२, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो