सुर्खेत । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् ।
बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना अलपत्र परे पनि प्रदेश सरकार बेखबर बन्दै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले गुनासो गरे ।आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९४.८० किलोमिटर सडक कालोपत्र गरेको छ । सबैभन्दा बढी सुर्खेतमा ३०.३३ किमी, दैलेखमा ९.६, जुम्लामा २.६३, सल्यानमा १७.३ किमी, रुकुमपश्चिममा २० मिटर, कालिकोटमा १.१६६ किमी, मुगुमा ०.३ मिटर, जाजरकोटमा ०.४४ किमी र सडक कार्यालयले १२.४ किलोमिटर गरी जम्मा ९४.८० किलोमिटर सडकमा पिच गरिएको छ । हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन । कर्णालीका १० जिल्लामा १८६.६ किलोमिटर ग्राभेल सडक निर्माण भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
हालसम्म अठार वटा सडकमा पुल निर्माण भएको बताएको छ । सुर्खेतमा सबैभन्दा बढी पुल निर्माणका काम भएका छन् भने कालिकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा त्यो शून्य प्रायः छ । तीन सय ८४ वटा साना तथा मझौला आयोजना सम्पन्न भएकामा ८८ वटाको काम जारी रहेको र ६५ वटा कार्यान्वयन हुन बाँकी छ । नसकेकामा राखिएको छ । उक्त मन्त्रालयका अनुसार रु. ३० लाख भन्दा कम लागतका ९६ वटा योजनामध्ये नौ वटा सम्पन्न भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने