सुर्खेत । कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ । यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनाशक विषादी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय पनि भएको उनले बताए ।
यस्तै दैवि प्रकोपवाला असिनापीडित किसानका लागि राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । शाहका अनुसार रकमान्तर गरेर ७३ लाख बराबरको राहत रकम वितरण गर्न लागिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी