काठमाडौँ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा रामप्रसाद उपाध्यायलाई दिएको छ ।
सदस्य सचिवको पद रिक्त भएसँगै मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत उपाध्यायलाई कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको रूपमा दैनिक कामकाज सञ्चालन गर्ने जिम्मा दिइएको प्रदेश सचिव दीर्घ बहादुर पोखरेलले जानकारी दिए ।
विश्वामित्र संज्यालको पदावधि गत पुस ६ गतेदेखि सकिएको थियो । ‘सदस्य सचिव नहुँदा खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने दैनिक कामकाज, रंगशाला निर्माणजस्ता कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारी आवश्यक परेको थियो,’ सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘अब अर्को सदस्यसचिव नियुक्त नहुँदासम्म उहाँलाई नै दैनिक काम काज गर्न मन्त्रालयबाटै खटाइएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान