एजेन्सी । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको उनले लेखेका छन् ।
प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ भदौ २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
चट्याङबाट दुई जनाको मृत्यु
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते