काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको १ दिन वितिसक्यो । तर प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्रीले राजीनामा दिएको विषय लुकाईरहेका छन् ।
राजीनामा दिएकी मन्त्रीले अन्र्तयमा जे कारण भएपनि बाहिर आफुले स्वास्थ्यका कारण राजीनामा दिएको बताईसकेकी छिन् ।
तर राजीनामापत्र बुझेर सोमबार साँझ मन्त्रिपरिषद्को बैठक राखेका प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्रीको राजीनामाका बारेमा मुख खोलेका छैनन । २० दिन देखि काठमाडौंको भित्री शहरको टाफ्रिक ब्यवस्थापन अस्तब्यस्त बनाउने गरी शिक्षकहरुले आन्दोलन चर्काईरहेका बेला शिक्षामन्त्रीको राजीनामा आउँदासम्म प्रधानमनत्रीले लुकाएका छन् ।
कारण उनको राजीनामाभित्र प्रधानमन्त्रीकै असहयोग मुख्य कारण थियो । शिक्षामन्त्रीको राजीनामा बुझेर प्रधानमन्त्री यतिवेला नयाँ शिक्षामन्त्रीको खोजीमा छन् । उनी तत्काल नयाँ शिक्षामन्त्री नियुक्त गर्ने र विद्या भट्टराईको राजीनामा एकै पटक स्वीकृत गर्ने योजनामा देखिएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली नयाँ शिक्षामन्त्रीमा आफैंले ‘साली’ भनेर सम्बोधन गर्ने डा अन्जान शाक्यलाई अगाडी सार्ने योजनामा थिए । शाक्यलाई अगाडी सार्दा आउनसक्ने परिणाम र आलोचनालाई मिडिया ट्रायल गरेर मात्रै निर्णय लिने योजनामा ओली थिए ।
तर विद्या भटटराईको राजीनामा लिएर शाक्यलाई मन्त्री बनाउँदा ओलीमाथी नै घन बजारिने सम्भाबना देखिएपछि र थप आलोचनाको शिकार हुनबाट बच्न ओली अहिले एक कदम पछि हटेका छन् । उनले शाक्यलाई शिक्षामनत्री बनाउने योजनाबाट तत्काल पछि हट्ने मनस्थिती बनाएका छन् ।
त्यसपछि उनैले डा अन्जान शाक्यलाई आफनो कुनै रुची नभएको प्रतिक्रियासहितको धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।सोही आग्रहकै कारण शाक्यले सामाजिक सन्जालबाट आफु मन्त्री बन्ने दौडमा नरहेको प्रतिक्रिया जनाएकी छिन् ।नत्र शाक्य शिक्षामनत्रीका लागि अगाडी बढिसकेकी थिइन् ।
शाक्य यस्ता माग्यमानी भित्र पर्छिन्, जसले नेकपा एमालेको कुनै कमिटिमा नबस्दै ओलीको नजिक देखिएका कारण भरपुर फाइदा लिन सफल भएकी नेतृमध्येमा पर्छिन् ।उनी अहिले भने एमालेको विदेश विभागमा रहेकी छिन् ।
ओलीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउँदा पनि निक्कै आलोचना खेपका थिए । तुलनात्मक रुपमा राम्रो काम गरिरहेकी विद्या भटटराईको ठाउमा आफनै साली अगाडी सार्दा आउने प्रहारको उनले पहिले मिडिया टायल गर्ने योजना बनाए । आलोचना देखेपछि उनी अहिले पछि हटेको स्रोतको भनाई छ ।
शाक्य खासमा राम्री गायिका थिइन् । नेपाल टेलिभिजनकी समाचार प्रस्तोता पनि थिइन् । एक दशक लामो समय उनले काठमाडौंको बागबजारमा रहेको पद्मकन्या कलेजमा २०५२ देखि करीब एक दशक प्राध्यापन पनि नगरिन् ।
एमाले नेता अजयक्रान्ति शाक्यका श्रीमती हुन् –डा अन्जान शाक्य । उनले केपी ओलीसँगको नजिक सम्वन्धकै कारण पटक पटक लाभ लिन सफल भएकी छिन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने उनी होइनन् । शाक्य संखुवासभाकी हुन् ।
ओलीले उनलाई साली भन्ने र ओलीलाई उनले भिनाजु भन्ने गरेकै कारण उनीहरु नजिक छन् । ओली पहिलो पटक पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।
त्यसपछि ओलीकै जोडबेलमा एक समय उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो । अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेकी छिन् ।
पछि उनलाई तत्कालिन नेकपा सरकारका बेला राजदूत बनाइयो । ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका समय सचिवालयमा सक्रिय उनी इजरायलका लागि राजदूत नियुक्त भइन्। तर राजनीतिक समीकरण फेरबदलले उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा सरकारले २०७८ सालमा फिर्ता बोलाएको थियो।
ओलीकै जोडबेलमा एक समय उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।
ओलीले त्यसपछि पनि उनलाई अवसर दिइ नै रहे । राष्टिय सभा सदस्यका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्ने ३ सदस्यमध्ये रिक्त एक पदमा पछि उनलाई ओलीकै जोडबलमा नियुक्त गरियो । मिला राई पौडेलको पदावधी सकिएपछि उनलाई उक्त रिक्त पदमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय क्याबिनेटले गरेको थियो ।
नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनित गरेका थिए ।
अहिले शिक्षामनत्री बनाउन खोज्दा आएको आलोचनाबाट ओली पछि हट्दा उनको अर्काे मुखैमा आएको अवसर भने गुम्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली