चट्याङबाट दुई जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०८१, १६ : ०७
चट्याङबाट दुई जनाको मृत्यु

काठमाडौँ। रोल्पाका बुधबार राति हावाहुरीसहित परेको वर्षा र चट्याङले एक जनाको मृत्यु भएको छ भने केही भवनहरूमा क्षति पुगेको छ । चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

यसै गरी चट्याङ लागेर अर्घाखाँचीको भूमिका स्थान नगरपालिका-१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ । घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।

गए रातीको हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ । बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छाना,पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ ।

ती दुवै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको 

 

प्रतिक्रिया दिनुहोस