काठमाडौँ । बुधबारदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिए ।
‘२०८२ बैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो । महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकका माग पूरा गर्दा राज्यलाई २ खर्बको भार थपिने, १० अर्बभित्रको यस्तो छ मध्यमार्गी प्रस्ताव
शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता