खोटाङ । चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन्।
छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ। कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ। चट्याङको असरका कारण कृष्णमाया बेहोस बनेको आफन्तले बताएका छन्।
स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो। चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ।
देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ।
देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ। उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याइएको प्रवक्ता बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
चट्याङबाट दुई जनाको मृत्यु
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते
चट्याङ लागेर वृद्धको मृत्यु