चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, ०७ : ०८
चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । 

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उनले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस