कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, ०८ : ४९
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित

काठमाडौं । सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ५ दिनका लागि थाइल्यान्ड भ्रमणमा निस्केपछि प्रधानमन्त्री केपी ओली शसंकित देखिएका छन् ।

सत्तासिन दलभित्रै केपी ओलीको काम गराईले असन्तुष्टि बढाईरहेका बेला र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भए आफुहरु सरकारबाहिरै बसेर भएपनि सहयोग गरिदिने सार्वजनिक अभिब्यक्ति दिईरहेका बेला देउवा थाइल्यान्ड भ्रमणमा निस्केका छन् ।

देउवा उपचारका लागि भन्दै यतिबेला थाइल्यान्डमा छन् । उनी हिजो ओली नेतृत्वको सरकारका परराष्टमन्त्री समेत रहेकी पत्नी डा आरजु राणा देउवा, छोरा जयवीर सिंह देउवा, स्वकिय सचिव भानु देउवासहितको टोली बोकेर थाइल्यान्डमा पुगेका छन् ।

खासगरी ओली देउवासाग दुई कारणले शसंकित देखिएको बालुवाटार स्रोतले जनाएको छ । पहिलो नेपालमा राजावादी आन्दोलन कुनै न कुनै रुपमा उठिरहेको, आफनो सरकारका काम कारवाहीमा कांग्रेसभित्रै प्रश्न उठ्न थालेको र दक्षिणी छिमेकी मुलुक भारतले आफु नेतृत्वको सरकारलाई सहज स्वीकार गरि नसकेको सन्दर्भमा देउवाको थाइल्यान्ड भ्रमण भएको छ । त्यसका देउवाले भारतीय पक्षसँग त्यहाँ कुनै राजनीतिक भेटवार्ता त गदैनन् ? भन्नेमा ओली शसंकित देखिएका छन् ।

दोस्रो, कांग्रेस पदाधिकारी बैठकभित्रै उठेजस्तो देउवाको उपचार सिंगापुरमा भएपनि फलोअप बैंककमा कसरी हुन्छ भन्नेमा ओली शसंकित देखिएका छन् ।

देउवाको फलोअप थाइल्यन्डको बैंककमा हुन लागेको कुरामा कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पदाधिकारी बैठकमा प्रश्न गरेका थिए । पछिल्ला दिनमा सत्ता गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा प्रधानमन्त्री केपी ओली एकछत्र हाबी भइरहेको, सत्ता गठबन्धन निर्माण हुादाका बखत जस्तो सरकारले काम गर्न नसकेको, संविधान संसोधनका विषयमा पनि कुनै काम अगाडी बढ्न नसकेको र ओलीको काम गराईले कालान्तरमा कांग्रेसलाई पनि घाटा भईरहेको भन्ने कांग्रेसभित्र बलियो मत देखिदै जान थालेको छ ।

यही बेला देउवा सिंगापुरमा गराइएको पेट, आखा र दाँतसम्वनधी उपचारको फलोअपका लागि भन्दै परिवारसहित बैंकक पुगेका छन् । जसबाट ओली शसंकित देखिएका हुन् ।

सत्ता सहयात्री दलको एउटा मुख्य नेता कांग्रेस सभापति शेरवहादुर देउवाको थाइल्यान्ड भ्रमण ओलीले मन अमिलो बनाउँदै भएपनि स्वीकार गर्ने पर्ने वस्था थियो ।

उनले देउवालाई थाइल्यान्ड जानु अघिल्लो दिन बालुवाटारमै बोलाएर स्वास्थ्य उपचारको लागि शुभकामना दिएका थिए । तर भित्रभित्र भने ओली कतै देउवाले त्यहाँ बसेर सरकारको विपक्षमा कुनै गोटी त चाल्दैनन भनेर सशंकित देखिएका छन् । त्यसप्रति उनले पार्टीका आफु निकट नेताहरुसँग असन्तुष्टि समेत पोखेका छन् ।

यो बेला सिंगापुरमा उपचार गराएका देउवाको बैंककमा फलोअप किन हुन लाग्यो ? कतै यसभित्र कुनै राजनीतिक चलखेल त छैन ? सजग भएर चनाखो रुपमा नियाल्न जरुरी छ, ओलीले देउवाको भ्रमणप्रति आशंकित हुँदै आफु निकट नेताहरुसँग नजिकबाट सूचना संकलन गर्न आग्रह गदैं भनेका छन् ।

उनले बैंककमा आफु निकटका केही ब्यापारीलाई प्रयोग गरेर देउवाको फलो गर्न समेत लगाएको बालुवाटार स्रोतले बताएको छ । बैंकक जानु अगाडी कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकमा महामन्त्री विश्वप्रकाशले समेत प्रश्न उठाएको कारण पनि देउवासाग ओली भित्रभित्र भने झस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस