हेर्न नमिल्नेमा पर्‍यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, १३ : ४३
हेर्न नमिल्नेमा पर्‍यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन् ।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस