काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले यसवर्षको वर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यसवर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् ।
वर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए । त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भएपनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे ।मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउदा सीमामा नै रोकिएको उनले गुनासो गरे । मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शतप्रतिशत लगानी राज्यले गर्ने उल्लेख गरे ।
उनले देशका सवै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भएपनि बजेटका कारण केही समस्या आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी तथा ढल व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री यादव
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
काभ्रेमा बाढीले क्षती गरेका खानेपानी संरचना निर्माणको काम फाष्ट ट्र्याकमा गछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव