डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०८१, ०९ : ०३
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

हुरी र असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सातजना घाइते भएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । 

नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शंकर नागरी घाइते भएका हुन् । 

सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस