काठमाडौँ । नेकपा एकीकृत समाजवादीले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ ।
पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ । पीडितसँग तत्काल अन्तरक्रिया गर्न भनिएको आफूलाई भेट्न आएका उपत्यकाका नेताको प्रतिनिधिमण्डललाई अध्यक्ष माधव नेपालले बताएका छन् ।
काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष श्याम बस्नेत र ललितपुरका हरिकृष्ण थापा नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेताहरू गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसाललाई भेटेका थिए । प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए । योबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
मधेस सरकारबाट बाहिरिने एकीकृत समाजवादीको तयारी