‘रअ’का नेपाल प्रमुख एकैदिन दिल्ली पुगेर किन फर्किए ?

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, ०८ : ५६
‘रअ’का नेपाल प्रमुख एकैदिन दिल्ली पुगेर किन फर्किए ?

काठमाडौं । नेपालको राजनीतिक घटनाक्रम तरल अवस्थामा गुज्रिरहेका बेला भारतीय गुप्तचर सस्था रिसर्ज एण्ड एनालाईसिस विङ (रअ)का नेपाल प्रमुख नयाँ दिल्ली पुगेर फर्केका छन् ।

उनी गत बिहिबार (बैशाख ४ गते) विहान नयाँ दिल्ली पुगेर सोही दिन विदेश मन्त्रालयको एउटा विफ्रिङ सकेर सोही दिन नै नेपाल फर्केका छन् । त्यसरी दिल्ली पुगेर हतारमा नेपाल सोही दिन फर्केका रअ प्रमुख हुन् – अंशुल शर्मा ।

उनी भारतीय विदेश मन्त्रालयले बोलाएपछि नेपाल परिस्थितीबारे विफ्रिङका लागि बिहिबार दिल्ली पुगेको र विदेश मन्त्रालयमा विफ्रिङ सकेपछि त्यसै दिन नेपाल फर्केको नेपालस्थित भारतीय दूताबास स्रोतले जनाएको छ । गुप्तचर प्रमुख शर्मा बिहिबार बिहान एयर इन्डियाको AI211 को जाहाजमार्फत बिहान १० बजे नयाँ दिल्लीका लागि काठमाडौंबाट उडेका थिए ।

त्यसपछि उनी नयाँ दिल्ली पुगेर सिधै विदेश मन्त्रालय पुगेर त्यहाँ विदेश सचिवसँग भेट गरेर फेरि नेपाल फर्केको दूतावास स्रोतको भनाई छ । उनी साँझ फेरि एयर इन्डियाकै बिहान दिल्ली उडेकै जहाजमा बेलुकी ९ बजेर १० मिनेटमा काठमाडौं ओर्लेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताईरहेको, सरकारसँग सत्ता सहयात्री दल कांग्रेसभित्रै असन्तुष्टि बढिरहेको, राजावादीहरुको आन्दोलन हिस्रक ढंगले अगाडी बढ्न खोजिरहेको र शिक्षकहरुले आन्दोलन चर्काइरहेका बेला रअ प्रमुखलाई विदेश मन्त्रालयले नयाँ दिल्लीमै झिकाएर विफ्रिङ लिएर सोही दिन नेपाल फर्काएको दूतावास स्रोतको भनाई छ ।

यस बारेमा थप जानकारी प्राप्त हुन नसकेपनि नेपाल मामिलामा भारतले अहिले नजिकबाट नियालिरहेको बताइन्छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा थाइल्यान्डको बैंककमा एक्लाएक्लै साइडलाइन वार्ता भएपनि दुई देशका सरकारका बीचमा सम्वन्ध सुधार हुन सकिरहेको छैन ।

त्यही मेसोमा भारतको विदेश मन्त्रालयले नेपालका बारेमा निक्कै गहिरो गरी चासो राखिरहेको देखिएको छ ।

बिहिबार एकैदिन दिल्ल्ी पुगेर फर्केका अंशुल नेपालमा एमाले कांग्रेस गठवन्धन सरकार बन्ने परिस्थिती निर्माण लगत्तै रअको नेपाल प्रमुख भएर आएका ब्यक्ति हुन् । त्यस अगाडीका रअका नेपाल प्रमुख राघव भटनागररको नियमित प्रक्रियाबाट सरूवा भएपछि अंशुल नेपालको रअ प्रमुख भएर काठमाडौं आएका ब्यक्ति हुन् ।

तीन वर्षे कार्यकालका लागि उनी काठमाडौं आईपुगेका थिए । उनलाई भारतले कूटनीतिक अनुभवले खारिएका मान्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस