काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने प्रस्ताव अगाडि सारेको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा यो प्रस्तावलाई अघि बढाउन महासचिव घनश्याम भुसाललाई संयोजक बनाइएको उल्लेख छ ।
जिम्मेवारीअनुसार भुसालले पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा सङ्गठनका कामलाई सँगसँगै अगाडि बढाउने अवधारणाअनुरूप यो प्रस्तावलाई अघि बढाउने अपानिमा उल्लेख छ । यस कार्यक्रमबारे आगामी केन्द्रीय कमिटीको बैठकमा विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने सो पार्टीको भनाइ छ ।
आन्दोलन संयोजन समितिमा सचिवको रूपमा स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ रहेका छन् । आन्दोलन संयोजन समितिको संरचनालाई पनि केन्द्रीय कमिटीको आगामी बैठकले पूर्णता दिनेछ ।
यस्तै नेपालको संविधानमा संशोधनका सम्बन्धमा अहिले उठिरहेका सबै विषयमा पार्टीको धारणा तय गर्नका लागि प्रकाश ज्वालाको संयोजकमा एक कमिटी बनाइएको छ । उक्त कमिटीमा नेताहरू गरिमा शाह, गणेशबहादुर विश्वकर्मा, रामचन्द्र यादव, घनप्रसाद गौतम, राजन राई, गोविन्द बन्दी र शङ्कर सुवेदी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी (सूचीसहित)
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा