यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, ०९ : १८
यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम छ । आइतबार पनि यति नै थियो ।

यरोको मूल्यमा भने थोरै बढेको छ । युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा रहेको छ । आइतबार एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा रहेको थियो ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस