काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि नियमित सुनुवाइअन्तर्गत आज पनि पेसी तोकिएको छ ।
मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
आइतबारको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेकोमा आज पनि उनले थप बहस गर्नेछन् । त्यसपछि संवैधानिक निकायका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
यस मुद्दालाई किनारा लगाउने उद्देश्यले आइतबारदेखि दैनिक सुनुवाइ भइरहेको छ । संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज