काठमाडौं। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा केही दिन देशबाहिर हुने भएकाले कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,' पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवा आइतबार परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् ।
सभापति देउवाको परिवार वैशाख १२/१३ गते मात्रै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पुनः खड्कालाई
भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काबीच भलाकुसारी