एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १६ : ४५
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ ।बैठकमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन् । मङ्गलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउन पूर्ण बैठक बसेको हो ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् ।​​पोलिटब्यूरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गरिने छ ।पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ ।पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस