नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १४ : १७
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

आईतवारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरूलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए । उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । उनले बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुङ्गो लगाउने बताए । 

उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत् गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ ।’

 

प्रतिक्रिया दिनुहोस